Monday 1st June 2026

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

7 years अगाडी

काठमाडौं । काठमाडौं, कपिलवस्तु, नवलपरासी (पूर्व), मोरङ, दाङ, सप्तरी र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।

काठमाडौं, तार्केश्वीर नगरपालिका ८ नेपालटार फुटुङस्थित सडकमा बा १० च ८१६९ नम्बरको गाडीको ठक्करबाट २ जना पैदलयात्रीको शुक्रबार दिउँसो मृत्यु भएको छ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीमध्ये काठमाडौं नेपालटार बस्ने सिन्धुलीकी २२ वर्षीया लक्ष्मी श्रेष्ठको शिक्षण अस्पताल महाराजगंजमा र रामेछापका टंकबहादुर नेवारका अन्दाजी ३ वर्षीया छोरा मन्दिप श्रेष्ठको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित सडकमा बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं पेप्सीकोला बस्ने ओखलढुङ्गा सुनकोसी गाउँपालिका ८ का १९ वर्षीय दीपक थापाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक काठमाडौं बुद्धनगर बस्ने काभ्रे पनौती नगरपालिका १० का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। फरार ट्याक्सी चालकको प्रहरीले खोजी गरिरहेको छ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका १० बिकुलीस्थित सडकमा लु ३ त २२९१ नम्बरको ट्याक्टरको हाइड्रोलिक ट्रलिबाट बालुवा खसाल्ने क्रममा बालुवामा पुरिन गई ट्रलीमा सवार लेवर काम गर्ने सोही नगरपालिका ९ हर्नामपुर बस्ने २३ वर्षीय आशिष थारुको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपारसी (पूर्व), गैंडाकोट नगरपालिका १२ हर्कपुरस्थित सडकमा बा १९ च ४५७४ नम्बरको बलेरोले युपि ५३ सि वाई ७२८३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत गोरखपुर बस्ने २७ वर्षीय मोइरफान सिद्दिकीको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भारत उत्तर प्रदे श घर बताउने २६ वर्षीय प्रसान्त पाण्डेलाई उपचारको लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ। फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ।

मोरङ, लेटाङ नगरपालिका ३ लेटाङस्थित भित्री सडकमा को २७ प ६४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका ७ बस्ने ३० वर्षीय लेखनाथ दंगालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कानेपोखरी गाउँपालिका ७ बस्ने २९ वर्षीय राजन तिमिल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दाङ, घोराही उपमहानगरपालिका १७ करजैमा शुक्रबार साँझ खेत जोत्ने क्रममा रा १ त २९०१ नम्बरको ट्याक्टर चिप्लिएर खाल्डोमा खस्दा ट्याक्टरमा सवार सोही स्थान बस्ने अन्दाजी १४ वर्षीय संजय चौधरीको ट्याक्टरमा च्यापियर मृत्यु भएको छ।

साथै ट्याक्टरमा च्यापियर घाइते भएका सोही स्थान बस्ने ११ वर्षीय सुभास चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी, खडक नगरपालिका ५ स्थित सडकमा ग १ ख ३७८८ नम्बरको बसले स ११ प ९८६ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा धनगढी नगरपालिका १ बस्ने ३० वर्षीय वीरेन्द्र चौधरीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनगढी नगरपालिका १ बस्ने ५२ वर्षीय छटु सदाको राउ स्मारक अस्पताल लहानमा उपचारको भइरहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्युठान, सरुमारानी गाउँपालिका ४ सालडाँडामा रा १ ज ६५८ नम्बरको सुमो गाडी सडकदेखि अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा चालक प्युठान नगरपालिका १ बस्ने ३३ वर्षीय चन्द्रबहादुर नेपालीको घटनास्थलमै मृत्यु छ। दुर्घटनास्थलमा तत्काल खटि गएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

          July 7, 2019 10:56 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...