खाेलामा फसेकाे टिपर निकाल्ने क्रममा बिजुलीकाे तार छाेइँदा ज्यान गयाे
7 years अगाडी
Susma Dhakal
दाङ – देउखुरीमा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ ।आइतबार दिउँसो लमही नगरपालिका–७, सम्राट सिमेन्ट उद्योग नजिक अर्जुन खोलामा फसेको रा १ क १६६० नम्बरको टिप्पर निकाल्ने क्रममा बिजुलीको तार छाेइँदा घाइते भएका टिप्पर निकाल्न प्रयाेग गरिएकाे क्रेनका सहचालककाे ज्यान गएकाे हाे ।
ज्यान गुमाउने क्रेनका सहचालक प्युठान जिल्लाकाे प्युठान नगरपालिका–९ मरेङ बस्ने २७ वर्षीय खेतुलाल घर्तीमगर रहेकाे प्रहरीले जनाएकाे छ । खोलामा फसेको टिप्परलाई बा २ क ५६३९ नम्बरको क्रेनले निकाल्ने क्रममा बिजुलीको तार छुँदा घर्तीमगर घाइते भएका थिए । घाइते घर्तीमगरको देउखुरीमा रहेको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोद विक्रम शाहले जानकारी दिनुभयाे ।
July 7, 2019 6:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...