पोल ढल्दा करेण्ट लागेर हिड्दै गरेका ऋषिदेवको गयो ज्यान
विराटनगर । मोरङ र सुनसरीमा बुधबार करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिकामा हिड्दै गर्दा विजुलीको खम्बा ढलेर करेण्ट लाग्दा एक बालकको मृत्यु भएको हो ।
मोरङको रंगेली नगरपालिका ५ आपगाछीका १२ वर्षीय प्रमोद ऋषिदेवको दिउँसो घर छेउमा विजुलीको खम्बा छेउमा हिडिरहेको बेला खम्बा ढलेर तारले छुदाँ करेण्ट लागेको थियो । ईलाका प्रहरी कार्यालय रंगेलीका अनुसार उनी हिड्दै गर्दा खम्बा ढलेर पोल लडेपछि करेण्ट लाग्दा घटना स्थलमै मृत्यु भएको हो ।
यस्तै सुनसरी धरान थाक्करडाँडा का ६७ वर्षीय बिर्खबहादुर राईकोपनि करेन्ट लागेर मृत्यु भएको छ। बिहान ११ बजे घरमा रेडियो बजाउन खोज्दा उनलाई करेण्ट लागेको हो । रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा करेन्ट लागेपछि राई बेहोस भएका थिए । उनको उपचारको क्रममा बिपिकोइराला स्वास्य्थ बिज्ञान प्रतिष्ठान धरानमा दिउसो मृत्यु भएको अस्थाई प्रहरी पोष्ट घोपाले जनाएको छ।
July 11, 2019 2:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता