“जनतालाई दु:ख दिन मन छैन” भन्दै वार्ताको टेवलमा बस्न विप्लव समूह तयार
काठमाडौ । लामो समय देखि सरकार विरोधी गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिकलाई दुख हुने कार्य गर्न आफुहरु असमर्थ रहेकाले सरकारसँग वार्ता गरेर निकास खोज्ने उसको निश्कर्ष छ ।
नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सल्लाह अनुसार वार्तामा बस्ने निर्णय गरेको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए । उनले भने, ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो पत्र पठाएन् । यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमान्दार भएर आउनुपर्छ ।’ यसअघि चन्द समूहले पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नगर्ने बताउँदै आएको थियो ।
यस्तै, वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने उनीहरुको बुझाई रहेको छ । ठूलो संख्यामा नेता–कार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको हो । वार्तामा लागि सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने पनि उनले स्पष्ट पारेका छन् । उनले अहिले १ हजारभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् ।
यस्तै ३ जनाको मुठ*भेडका नाममा सरकारले ह*त्या गरेको उनको आरोप छ । उनले भने, ‘मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन तर सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ । त्यो सपना नदेखे हुन्छ ।’ उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको स्पष्ट पारेका छन् ।
July 12, 2019 1:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता