कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर (विज्ञापन सहित)
काठमाडौं : कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो।
माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर(आइटी २० जना रहेका छन्। त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्।
विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ। दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ। हेर्नुहाेस् विज्ञापन


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता