पोखरीमा डुबेर भोजपुरमा दुई जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
भोजपुर – पौडी खेल्ने क्रममा पोखरीमा डुबेर भोजपुरमा दुई जनाको ज्यान गएको छ । आमचोक गाउँपालिका– २ यूँमा रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
दुवै जना पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ज्यान गुमाएका दुवै जनाको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो ।
July 17, 2019 11:09 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...