बाढीका कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो
गाईघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट-कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ।
चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ।
पुलको पूर्वपट्टिको छेउको पिलरसँगै झण्डै १० मिटर लम्बाइको पर्खाल भत्कन थालेपछि तत्काल पुलको संरक्षण गर्न पूर्वी भागमा सवारी सञ्चालनमा रोक लगाएर पुलको पश्चिमी भागबाट मात्र सवारीसाधन सञ्चालन गर्नेगरी एकतर्फी क्षेत्रबाट सवारी आवतजावत शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख दिनेश चौधरीले बताए ।
पुलको पूर्वी भाग भत्कन थालेपछि ठूला सवारीसाधनका कारण पुल तत्काल भत्कन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वी क्षेत्रको रुट बन्द गर्दै पश्चिमी क्षेत्रबाट एकतर्फीरूपमा मात्र सवारी सञ्चालन अनुमति प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटले बताएको छ।
त्रियुगा पुल उच्च जोखिममा पर्न थालेपछि तत्काल पुलको भत्किएको भाग पुनःमर्मत वा निर्माण शुरु गर्ने त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ । नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा पुलजस्तो महत्वपूर्ण भौतिक सम्पत्तिलाई नगरपालिकाले भत्कन नदिने र तत्काल पुलको पुनःमर्मत कार्य शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताए ।
यसका लागि नगपालिकाले तत्कालै दुई जेसिभी प्रयोग गरेर पुलमुनिको माझ भागबाट पानीको सतह खोल्ने, पुलको छेउको पिलर र भत्किएका पर्खाल निर्माण गर्ने र खाल्डा पुर्ने काम शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताए ।
सोही पुल भएर सदरमुकाम गाईघाटबाट राजधानी काठमाडौँ, विराटनगर, धरान, सप्तरी, सिरहालगायत देशका विभिन्न भागसम्म यातायातका साधन आवतजावत हुने गरेको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।
समयमै पुलको संरक्षण हुन नसके सदरमुकाम गाईघाट हुँदै अन्यत्रबाट आवतजावत गर्ने सम्पूर्ण यातायात सञ्चालन नै ठप्प हुने अवस्था आउने हुनाले पनि समयमै पुलको संरक्षण गर्न आवश्यक रहेको यातायात व्यवसायीहरूले बताएका छन् । उक्त पुल विसं २०६३ मा निर्माण शुरु भई २०६६ मा निर्माण सम्पन्न भएको थियो । रु आठ करोडमा निर्माण भएको उक्त पुलको लम्बाई १२० मिटर र चौडाइ आठ मिटरको रहेको छ ।
July 17, 2019 12:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता