बुटवलको सिद्दार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, आखिर कसले गर्यो ?
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । अज्ञात समुहले बुद्धका मुर्ति तोडफोड गरेको हो । रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । शान्तिका प्रतिक बुद्धको मुर्ति कसले र किन तोडफोड गर्यो भन्ने खुलेको छैन ।
तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले मुर्ति तोडफोड गर्नेको खोजी भइरहेको जनाएका छन् । बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको अवस्थामा स्थानियले देखेका थिए ।
प्रहरीले घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान थालेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले घटनाको अनुसन्धान सुरु गरेको हो । लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।
July 18, 2019 11:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता