नेपालका लागि यो रातो दाना पहेलो सुन भन्दा कम छैन : यसरी गरेको खेतीले लाखौँ लाभ
तनहुँ । तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ । समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो । घण्टाचुली पर्यटन क्षेत्र विकास समितिको सक्रियतामा देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने ऋषिङथानमा ५०० वटा कफीको बिरुवा लगाइएको छ ।
जिल्ला कफी सहकारी संस्थाले उत्पादन गरेको कफीको बिरुवा गाउँपालिकाले शुल्क व्यहोर्ने गरी कफीका बिरुवा लगेर रोपिएको घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्का पामी आलेले जानकारी दिनुभयो । कफीको हालको बजार मूल्य प्रतिविरुवा रु ४० देखि ५० सम्म बिक्री हुने गरेकोले झण्डै रु २५-३० हजार बराबरको कफीको बिरुवा गाउँपालिकाले सहयोग गरेको छ ।उक्त क्षेत्रलाई कफी खेतीको पकेट क्षेत्र बनाउने उद्देश्यले गाउँपालिकाले सहयोग गर्दै आएको देवघाट गाउँपालिका–२ का वडाध्यक्ष पोलबहादुर आलेले बताउनुभयो । कफी रोप्न र जङ्गलका झाडी पन्छाउनका लागि स्थानीय ५३ जनाले श्रमदान गरेका थिए ।
यसैबिच, तनहुँमा सामुदायिक वन उपभोक्ता समितिले आर्थिक वर्ष २०७५÷७६ मा रु १२ करोड एक लाख २७ हजार ८६७ आम्दानी गरेको छ । जिल्लामा रहेका विभिन्न ६१७ सामुदायिक वनले एक लाख २४ हजार २१८ क्युफिट काठ तथा दाउरा बिक्री गरेर उक्त आम्दानी गरेको हो । सामुदायिक वनबाट बिक्री भएका काठ र दाउराबाट वन पैदावर शुल्कबापत रु दुई करोड नौ लाख ५२ हजार ३५७ राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
सामुदायिक वनले ५५ हजार ७४ हेक्टर क्षेत्रफल वन ओगटेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । “सामुदायिक वनले वन पैदावारबाट बिक्री भइआएको आम्दानीले उपभोक्ता समितिले वन विकास र समूहको भौतिक, आर्थिक, सामाजिक विकासका क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो ।
४० लाख राहत
यसैबिच, डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई रु ४० लाख राहत प्रदान गरेको छ । चितुवाको आक्रमणबाट जिल्लाको भानुनगरपालिकाका चार बालबालिकाको मृत्यु भएपछि जनही रु दश लाखका दरले सो राहत प्रदान गरेको हो ।
त्यसैगरी उक्त कार्यालयले भालुको आक्रमणबाट घाइते तीन जनालाई उपचार खर्चबापत रु दुई लाख ६९ हजार ७०४ प्रदान गरेको छ ।त्यसैगरी चितुवाको आक्रमणबाट मृत्यु भएका तीन गाईका धनीलाई रु ३० हजार, १२ वटा बाख्राका धनीलाई रु एक लाख, एउटा भेडाका धनीलाई रु १० हजार र एउटा सुँगुरका धनीलाई रु १० हजार राहतस्वरुप रकम प्रदान गरिएको डिभिजन प्रमुख बरालले बताउनुभयो । (रासस)
July 19, 2019 1:20 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता