होटेलमा युवक मृत फेला, सँगै बसेकी युवती पक्राउ
दाङको तुलसीपुरमा रहेको एक होटेलमा एक युवक मृत फेला परेका छन्। मानसरोवर होटेलमा बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए। उनलाई होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको शाहीको भनाई छ।
हमाल एक युवतीसँगै होटेलमा बसेका थिए। सँगै होटलमा बास बसेका युवकले आत्महत्या गरेको अवस्थामा फेला परेपछि युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। रुकुम जिल्ला निवासी विक थरकी युवती र मृतक हमाल बिहीबार राति १० बजेतिर होटलमा बास बसेका होटल सञ्चालक बताउँछन्। युवतीले आफू निदाएको समयमा हमालले डोरीले पासो लगाएर आत्महत्या गरेको भन्ने बयान प्रहरी समक्ष दिएकी छन्।
‘म निदाएको समयमा आवाज सुनेपछि उठेर हेर्दा झुन्डिएको देखेँ। मैले बचाउन अनेक प्रयास गर्दा निकाल्न सकिनँ अनि तत्काल म दौडिएर होटल मालिकलाई बोलाएर ल्याएकी हुँ,’ युवतीको भनाइ उद्धत गर्दै प्रमुख शाहीले भने । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
July 19, 2019 4:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता