धोनीले दुई महिना क्रिकेट नखेल्ने, तत्काल सन्यास पनि नलिने : रिपाेर्ट
अहिले खेल जगतमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीले कहिले सन्यास लिन्छन् भन्ने कुरा चर्चामा छ । यही चर्चा चलिरहँदा धोनीले एउटा निर्णय गरेका छन् । धोनीका अनुसार आउँदो अगष्ट ३ बाट सुरु हुने भारतीय क्रिकेट टिमको वेस्ट इण्डिज भ्रमणमा उनी संलग्न हुने छैनन् ।
एमएसके प्रसादको अध्यक्षतामा वेस्ट इण्डिज भ्रमणका लागि आइतबार भारतीय टिमको घोषणा हुनेछ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले वेस्ट इण्डिज भ्रमणमा आफू संलग्न नहुने बताएका छन् । धाेनीकाे स्थानमा कसलाई खेलाउने भन्ने बारे पनि चर्चा सुरु भएकाे छ ।
प्यारामिलिट्री फोर्सको प्याराशूट रेजिमेन्टमा धोनी मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) एक शीर्ष अधिकारीका अनुसार धोनीले आफ्नो रेजिमेन्टसँग दुई महिना रहेर सेवा गर्नेछन् ।
‘धोनीले वेस्ट इण्डिज भ्रमणमा संलग्न नहुने कुरा आफैँ बताएका छन् । उनी आफ्नो अर्धसैनिक रेजिमन्टसँग दुई महिना बिताउन चाहन्छन्’, बीसीसीआईका एक शीर्ष अधिकारीले भने धोनीले सन्यासको बारेमा पनि केही भनेका छैनन् ।
July 20, 2019 3:01 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)