विश्वकप छनोट एसिया फाइनलः नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य
काठमाडौं । विश्वकप छनोट एसिया फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिइको छ। इण्डियन एसोसियसन ग्राउंड सिंगापुरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर मात्र १२२ रन बनायो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बल खेलेर १ चोका र १ छक्का लगाए। यस्तै कप्तान पारस खड्काले ४ चौका र १ छक्काको मद्दतमा १७ बल खेलेर २८ रन बनाए। त्यसैगरी ज्ञानेन्द्र मल्लले २३ तथा सोमकपाल कामीले ११ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
कतारका लागि इकबाल हुसेनले ३ विकेट लिए भने तमूर सजाद र नौमान सरवरले २–२ विकेट लिए। आजको खेलमा जीत निकाल्दै नेपाल यस प्रतियोगितामा उत्कृस्ट शुरुवात गर्न चाहन्छ ।
आज नेपालको प्लेइंग ११मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्।
July 23, 2019 11:15 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)