अमेरिकी सेना नेपालमा, शसस्त्र प्रहरीसंग मिलेर गर्दैछन् यस्तो काम
काठमाडौं, ८ साउन । प्राथमिक उपचार सम्बन्धी ज्ञान आदानप्रदानका लागि अमेरिकी सेना नेपाल आएको छ । आदानप्रदान कार्यक्रम एक सातासम्म चल्ने छ। नेपालका १८ सदस्यलाई भेला गराएर प्राथमिक उपचारकसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान कार्यक्रम सुरु भएको छ । कार्यक्रमका लागि अमेरिकी सैनिक नेपाल आएका हुन् । अमेरिकी सैनिक र सशस्त्र प्रहरी यस्तो कार्यक्रम गरिएको यो दोस्रो पटक हो ।
गत २०७५ चैत २५ देखि २९ गतेसम्म सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा पहिलो अभ्यास सञ्चालन भएको थियो। चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा उक्त कार्यक्रम चलेको हो। उक्त प्रतिष्ठान चिनियाँ सहयोगमा निर्माण भएको हो।
विषय विद् आदानप्रदान कार्यक्रम अमेरिकी इन्डो प्यासिफिक कमान्ड (इन्डोपेकोम) र सशस्त्र प्रहरी बलबीचको साझेदारीको एक उदाहरण हो। विपद्को अवस्थामा कसरी प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने विषयमा दुई देशका सुरक्षा निकायवाट अनिभव आदान प्रदान गरीनेछ । ‘नेपाली र अमेरिकी फौजले आपसी सहकार्यमा एकार्काको शिप आदान प्रदान गर्नेछन् ।
आ आफ्नो बृहत् ज्ञान र प्रशिक्षण अनुभवको सदुपयोग गर्दै दुवै पक्षले एकार्काको विपद्सम्बन्धी पहिलो उपचारक क्षमता सुधारका लागि उत्कृष्ट अभ्यास तथा विचार आदानप्रदान गरेका छन्। सुरक्षा सहयोगको प्रवद्र्धन, शान्तिपूर्ण विकासको प्रोत्साहन, आकस्मिक घटनाको प्रतिकार्य र हिंसात्मक घटनाको निवारणमार्फत् अमेरिकी इन्डोपेकोम क्षेत्रीय स्थायित्वलाई बढवा दिनप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।
July 24, 2019 2:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता