बेलायतमा बोरिस जोनसनले गठन गरे मन्त्रीमण्डल, अक्टोबर ३१ सम्म ब्रेक्जिट टुंग्याउने चुनौती
लन्डन: बेलायतमा बोरिस जोनसनले बुधवार प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन्। बेलायती महारानी एलिजाबेथले बोरिसलाई सरकार गठन गर्न आह्वान गरेसँगै उनले ब्रेक्जिट पक्षधर नेताहरुलाई आफ्नो मन्त्रीमण्डल मा सहभागी गराएका छन्। जोनसनले डोमिनिक रबलाई विदेश मन्त्रीको रुपमा नियुक्त गरेका छन्। जोनसन यस अघिको थेरेसा मे सरकारमा विदेश मन्त्री थिए। तर मेले ब्रेक्जिट टुंग्याउन नसकेको भन्दै उनले राजीनामा दिएका थिए।
यस्तै, दक्षिण एसियाली मूलकी प्रिती पटेलले बेलायतको गृहमन्त्रीको जिम्मेवारी पाएकी छिन्।थेरेसा मेको मन्त्रीमण्डलमा गृहमन्त्री रहेका साजिद जावेदलाई भने अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। जावेद पनि एसियाली मूलका ब्रिटिश नागरिक हुन्। जोनसन आफै अमेरिकी मूलका नागरिक हुन्। उनको जन्म न्यूयोर्कमा भएको थियो। ५ वर्षको हुँदा उनको परिवारले बेलायतमा बसाइ सरेको थियो।
बोरिस जोनसन: पत्रकारदेखि प्रधानमन्त्रीसम्मको यात्रा : थेरेसा मेको मन्त्रीमण्डलमा रहेका अधिकांश मन्त्रीहरुले राजीनामा दिएका छन् भने कतिलाई भने हटाइएको छ। यद्यपि, स्टेफेन बारकको ब्रेक्जिट सेक्रेटेरी र म्याट हयान्कको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने कायम रहेका छन्। बे बाल्लेसले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
जोनसनको मन्त्रीमण्डलमा हालसम्म ३१ जनालाई समावेश गराइएको छ।युरोपियन युनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धमा प्रधानमन्त्री थेरेसा मेले सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि मेले गत मे २४ मा राजीनामाको घोषणा गरेकी थिइन्।सोमबार कन्जर्भेटिभ पार्टीको नेताका लागि भएको निर्वाचनमा जेरेमी हन्टलाई पराजित गर्दै जोनसनले प्रधानमन्त्री बन्ने बाटो तय गरेका थिए। बोरिसमाथि अब मेले पूरा गर्न नसकेको ब्रेक्जिट टुंगाउन भने चुनौती रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएका बोरिसलाई उनकै पार्टीका वरिष्ठ नेताको भने समर्थन छैन। ब्रेक्जिटका समर्थक रहेका बोरिसलाई आफ्नै पार्टीभित्र सन्तुलन मिलाएर अगाडि हिँड्नुपर्ने थप चुनौती रहेको छ। बुधवार प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा बोल्दै जोनसनले अक्टोबर ३१ भित्र ब्रेक्जिट टुंग्याउने बताएका छन्। उनले ‘यदी’ वा ‘तर’ जस्ता कुरा नगरी निश्चित समयमा नै ब्रेक्जिट टुंग्याउने र त्यसका लागि जे कदम उठाउनु परेपनि उठाउने बताए।
थेरेसा मेले संसदमा युरोपियन युनियनबाट बाहिरिन तीनपटक छुट्टाछुट्टै प्रस्ताव ‘डिल’ पेश गरेकी थिइन्। तर कुनै पनि प्रस्ताव पारित नहुँदा उनले राजीनामा दिएकी थिइन्।यता, प्रधानमन्त्री बने लगत्तै जोनसनले पनि नयाँ प्रस्ताव ल्याउने बताएका छन्। तर, उनको प्रस्तावपनि सर्वसम्मतीले पारित हुने अवस्था छैन। बोरिस भने प्रस्ताव पारित नभएता पनि बिना कुनै ‘डिल’ बेलायतलाई युरोपियन युनियनबाट बाहिर ल्याउने पक्षमा रहेका छन्।
July 25, 2019 12:41 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग