टी-२० क्रिकेट: जसकाे डेब्यू खेल नै अन्तिम बन्याे
टी-२० क्रिकेट आफैँमा रोमाञ्चक हुन्छ । छोटो फर्म्याटको क्रिकेट भएकाले यसमा रनको वर्षा पनि हुन्छ । थोरै समयमा धेरै मनोरञ्जन पनि हुने भएकाले ५० ओभरको क्रिकेट भन्दा २० ओभरको क्रिकेट फलो गर्नेहरुको संख्या पनि बढ्दो छ टी-२० विश्वकप सन् २००७ मा पहिलो पटक आयोजना गरिएको थियो । भारतले पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० दक्षिण अफ्रिकाविरुद्ध सन् २००६ मा खेलेको थियो भने त्यसयता लगातार टी-२० खेल्दै पनि आएको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।
त्यस खेलमा दिनेश कार्तिकले अविजित ३१ रन बनाएका थिए भने महेन्द्रसिंह धोनी शून्य रनमै पेभेलियन फर्किएका थिए । अहिलेसम्म भारतीय टिमले ११५ वटा टी-२० खेलेकोमा ७१ वटामा जित हात पारेको छ । ४१ खेलमा पराजित हुँदा ३ खेलमा भने निर्णय आएन । आज हामी भारतका तीन खेलाडी जसको डेब्यू टी-२० नै अन्तिम टी-२० बन्यो, यस बारेमा चर्चा गर्न गैरहेका छौँ–
१. दिनेश मोंगिया : दक्षिण अफ्रिकाविरुद्ध भारतको पहिलो टी-२० मा दिनेश मोंगियाले डेब्यू गरेका थिए । त्यो खेलमा उनले ४५ बलमा ३८ रन जोडेका थिए । उनी चाल्स लेंगवेल्टको बलमा क्याच आउट भएर पेभेलियन फर्किए । त्यसपछि उनी कहिल्यै टी-२० खेल्न मैदान प्रवेश गरेनन् । बरु उनी विवादित टी-२० लिग अर्थात् इन्डियन क्रिकेट लिगमा आबद्ध भएका थिए । जसका कारण उनले आईपीएल पनि खेल्न पाएनन् । उनको डेब्यू टी-२० नै अन्तिम टी-२० भयो ।
२. राहुल द्रविड : भारतीय क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान हुन्, राहुल द्रविड । उनी भारतीय टिमको कप्तान पनि भएका थिए । ३१ अगस्ट २०११ मा इंग्ल्याण्डविरुद्ध टी-२० मा डेब्यू गरेका द्रविडले २१ बलमा ३१ रन बनाएका थिए । जसमा उनले समित पटेलको बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । तर त्यो खेलमा भारत ६ विकेटले पराजित भएको थियो । त्यही डेब्यू खेल नै द्रविडका लागि अन्तिम अन्तर्राष्ट्रिय टी-२० खेल बन्यो ।
३. सचिन तेन्दुलकर : विश्वकै सर्वाेत्कृष्ट तथा मास्टर बलास्टर सचिन तेन्दुलकरले पनि एउटा मात्रै टी-२० क्रिकेट खेलेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध भएको भारतको पहिलो टी-२० खेलेका थिए । त्यस खेलमा उनले १२ बलमा दश रन बनाएका थिए भने २ दशमलव ३ ओभर बलिङ गर्दा एक विकेट हात पारेका थिए ।त्यसपछि सचिन पनि कहिल्यै अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा फर्किएनन् ।
July 26, 2019 10:13 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)