कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं,साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ ।बोर्डले गत वैशाखमा सम्पन्न परीक्षाको नतिजा आज सोमबार सार्वजनिक गरेको हो। नियमित, ग्रेड वृद्धि, आंशिकतर्फको सबै विषय र संकायतर्फको नतिजा सार्वजनिक भएको बोर्डले जनाएको छ ।कक्षा १२ को नतिजामा सबैभन्दा धेरै परीक्षार्थीले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन्। २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने परीक्षार्थी ८६ हजार २२७ जना रहेका छन्।
त्यस्तै ३.६१ देखि ४ जीपीए सबैभन्दा कम परीक्षार्थीले प्राप्त गरेका छन्। ३ हजार ६७ जनाले यो जीपीए प्राप्त गरेका छन्।१६ हजार २०४ जनाले ३.२१ देखि ३.६० जीपीए, ३१ हजार ६२ जनाले २.८१ देखि ३.२०, ५६ हजार ५०३ जनाले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन्। त्यस्तै ६२ हजार ६१९ जनाले १.६१ देखि २ जीपीए, १९ हजार ५८५ जनाले १.२१ देखि १.६० जीपीए, ३ हजार ५२४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३६२ जनाले ० देखि ०.८० जीपीए प्राप्त गरेका छन्।
आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ २,९२,१५३, ग्रेडवृद्धितर्फ ७८,७४४ र आंशिक तर्फ ५७,१७० विद्यार्थी सहभागी थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
आज सार्वजनिक भएको कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।नतिजालाई राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np तथा नेपाल टेलिकमको वेभसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिनेछ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर समेत नतिजा प्राप्त गर्न सकिन्छ । साथै नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
July 30, 2019 8:15 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता