Saturday 18th May 2024

पोखरीमा डुबेर बालकको ज्यान गयो

5 years अगाडी

भोजपुर – पोखरीमा डुबेर चार वर्षीय बालकको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका प्रकाश थापाको ४ वर्षीय छोरा प्रमिश थापाको पोखरीमा डुबेर ज्यान गएको हो

सोमबार साँझ ६ बजे पोखरीमा डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । साँझको समयमा साथीहरुसँग खेल्न जाँदा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ ।

          July 30, 2019 10:00 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...