Saturday 18th May 2024

आज देशका यी भागमा भारी वर्षा, ३ दिन सचेत रहन मौसम पूर्वानुमान महाशाखाद्धारा यस्तो सूचना जारी

5 years अगाडी

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको जनाएको छ । जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको जनाइएको छ । महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको जनाइएको छ । मंगलबार राति देशैभर आंशिकदेखि पुर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ । बुधबार राति पनि केही स्थानमा वर्षा हुने संभावना छ । बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

          July 30, 2019 10:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...