बाटाेमा राखेकाे बमसँग यात्रुवाहक बस ठाेक्किँदा अफगानिस्तानमा कम्तीमा ३२ जनाको मृत्यु
अफगानिस्तानमा एक यात्रुवाहक बस बेवारिसे अवस्थामा राखिएको बमसँग ठोक्किँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका धेरै रहेका छन् । यात्रुवाहक बस कान्दहार–हेरत राजमार्गमा दुर्घटनाग्रस्त हुँदा अन्य १७ जना घाइते भएका छन् । फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले सडक किनारामा तालिबान समूहले बम राखेको बताउनुभयो ।मारिनेमा सबै सर्वसाधारण रहेको र मृतकको संख्या अझै बढ्न सक्ने फराह गभर्नरका प्रवक्ता फरुक बरकजाईले भने ।
घटनाको पछाडि कसको संलग्नता रहेको छ, यस बारेमा पुष्टि भैसकेको छैन । तालिवान विद्रोहीहरुले यस क्षेत्रमा सरकारी अधिकारी र सुरक्षा बललाई लक्षित गरेर सडक किनारामा बमको प्रयोग गर्दै आइरहेका छन् । संयुक्त राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको क्रममा सन् २०१९ को पहिलो ६ महिनामा एक हजारभन्दा बढी सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
July 31, 2019 3:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता