Monday 6th May 2024

बाटाेमा राखेकाे बमसँग यात्रुवाहक बस ठाेक्किँदा अफगानिस्तानमा कम्तीमा ३२ जनाको मृत्यु

5 years अगाडी

अफगानिस्तानमा एक यात्रुवाहक बस बेवारिसे अवस्थामा राखिएको बमसँग ठोक्किँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका धेरै रहेका छन् । यात्रुवाहक बस कान्दहार–हेरत राजमार्गमा दुर्घटनाग्रस्त हुँदा अन्य १७ जना घाइते भएका छन् । फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले सडक किनारामा तालिबान समूहले बम राखेको बताउनुभयो ।मारिनेमा सबै सर्वसाधारण रहेको र मृतकको संख्या अझै बढ्न सक्ने फराह गभर्नरका प्रवक्ता फरुक बरकजाईले भने ।

घटनाको पछाडि कसको संलग्नता रहेको छ, यस बारेमा पुष्टि भैसकेको छैन । तालिवान विद्रोहीहरुले यस क्षेत्रमा सरकारी अधिकारी र सुरक्षा बललाई लक्षित गरेर सडक किनारामा बमको प्रयोग गर्दै आइरहेका छन् । संयुक्त राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको क्रममा सन् २०१९ को पहिलो ६ महिनामा एक हजारभन्दा बढी सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

          July 31, 2019 3:50 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...