Monday 6th May 2024

पुलिसिच र पेद्रोको उत्कृष्ट प्रदर्शनमा चेल्सीको जित

5 years अगाडी

युवा स्टार क्रिष्टियन पुलिसिच र पेद्रोले उत्कृष्ट प्रदर्शन गरेपछि प्रिसिजन फ्रेण्ड्लीमा चेल्सीले साल्जबर्गलाई ५–३ गोल अन्तरले हराएको छ ।पुलिसिचले दुई गोल गर्दा पेद्रोले एउटा एसिस्ट र एक गोल गरे । अष्ट्रियामा भएको खेलमा जित हात पारेसँगै चेल्सीले पछिल्लो तीन मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको छ ।

फ्राङ्क लाम्पार्डले प्रशिक्षण सम्हालेपछि चेल्सीले यस क्रममा बार्सिलोना र रिडिङ्लाई हराएको थियो भने जापानका मैत्रीपूर्ण खेलमा पनि जित निकालेको थियो । साल्जबर्गविरुद्धको खेलमा २०औं मिनेटमै पुलिसिचले पेद्रोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि रोस बार्कलेले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । २८औं मिनेटमा पुलिसिचले ब्यक्तिगत दोस्रो गोल गर्दा बार्कलेले एसिस्ट गरे ।

पहिलो हाफमा चेल्सीले ३–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा ओङ्गुनेले गोल गर्दै साल्ज्बर्गलाई खेलमा फर्काउने प्रयास गरे । तर ५७ औं मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई ४–१ को अग्रता दिलाए ।

८५औं मिनेटमा मिनामिनोले साल्जबर्गका लागि दोस्रो गोल गरे । ८८औं मिनेटमा चेल्सीका लागि मिची बात्सुआईले गोल गर्दै चेल्सीलाई ५–२ को अग्रता दिलाए । इन्ज्युरी समयमा मिनामिनोले गोल गरेपछि चेल्सीले ५–३ को जित हात पार्‍यो ।प्रिसिजनको अन्तिम मैत्रिपूर्ण खेलमा चेल्सील जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग खेल्नेछ ।

          August 1, 2019 10:53 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...