पुलिसिच र पेद्रोको उत्कृष्ट प्रदर्शनमा चेल्सीको जित
युवा स्टार क्रिष्टियन पुलिसिच र पेद्रोले उत्कृष्ट प्रदर्शन गरेपछि प्रिसिजन फ्रेण्ड्लीमा चेल्सीले साल्जबर्गलाई ५–३ गोल अन्तरले हराएको छ ।पुलिसिचले दुई गोल गर्दा पेद्रोले एउटा एसिस्ट र एक गोल गरे । अष्ट्रियामा भएको खेलमा जित हात पारेसँगै चेल्सीले पछिल्लो तीन मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको छ ।
फ्राङ्क लाम्पार्डले प्रशिक्षण सम्हालेपछि चेल्सीले यस क्रममा बार्सिलोना र रिडिङ्लाई हराएको थियो भने जापानका मैत्रीपूर्ण खेलमा पनि जित निकालेको थियो । साल्जबर्गविरुद्धको खेलमा २०औं मिनेटमै पुलिसिचले पेद्रोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि रोस बार्कलेले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । २८औं मिनेटमा पुलिसिचले ब्यक्तिगत दोस्रो गोल गर्दा बार्कलेले एसिस्ट गरे ।
पहिलो हाफमा चेल्सीले ३–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा ओङ्गुनेले गोल गर्दै साल्ज्बर्गलाई खेलमा फर्काउने प्रयास गरे । तर ५७ औं मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई ४–१ को अग्रता दिलाए ।
८५औं मिनेटमा मिनामिनोले साल्जबर्गका लागि दोस्रो गोल गरे । ८८औं मिनेटमा चेल्सीका लागि मिची बात्सुआईले गोल गर्दै चेल्सीलाई ५–२ को अग्रता दिलाए । इन्ज्युरी समयमा मिनामिनोले गोल गरेपछि चेल्सीले ५–३ को जित हात पार्यो ।प्रिसिजनको अन्तिम मैत्रिपूर्ण खेलमा चेल्सील जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग खेल्नेछ ।
August 1, 2019 10:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)