बाल लघुकथा -मुसाले तिर्यो बाघको गुण
एउटा जंगलमा बाघ सुतिरहेको थियो अचानक एउटा मुसा बाघलाइ निदाएको देखेर उसैमाथि चढेर खेल्न थाल्यो मुसाको खेलाईले बाघको निद्रा खुल्यो र बिउझिए पछी मुसालाइ समात्यो मुसा एकदमै डरायो र थरथर काँप्न थाल्यो र बाघ संग भन्यो हे जंगलका महाराजा मलाइ माफ गरिदेउ अब आहिन्दा यस्तो हर्कत गर्ने छैन बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु मुसाको यस्तो कुरा सुनेर बाघ जोर संग हाँस्दै भन्यो म यति शक्तिशाली छु कि मलाइ कसैको सहयोगको खाँचो पर्दैन अझै तँ यति सानो मुसाले मलाई के नै सहयोग गर्न सक्छस र भनि मुसाको मजाक उडायो र मुसालाई छोडी दियो ! त्यसको केहि दिन पछी बाघ शिकारीको जालमा फस्यो धेरै कोशिस गर्दा पनि जाल बाट निस्किन सकेन बाघको यो अबस्था टाढा बाट मुसाले हेरिरहेको थियो उसलाई पुरानो कुरा याद आयो र बाघको सामुन्ने आएर आफ्नो दांतले जाल काटिदियो र बाघलाइ बाहिर निस्किन सफल बनायो यो प्रकारले मुसाले आफ्नो ज्यानको बदलामा बाघको ज्यान बचाएर पुरानो गुण चुक्ता गर्यो ! तसर्थ कहिल्यै पनि कसैलाई सानो सम्झेर घृणा अपमानित र हेपाइ प्रवृति राख्नु हुदैन किनकि समस्या जसलाई जति बेला पनि पर्न सक्छ र सहयोगको खाँचो पर्न सक्छ ।
कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट नवलपरासी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)