Monday 25th October 2021

वैदेशिक रोजगार ठगी मुद्दाका फरार म्यानपावर सञ्चालक पक्राउ

8 months अगाडी

काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।
नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको

हो |

पाैडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाइ ठगी गरेकाे  अनुसन्धान ब्यूरोले जनाएको छ ।

पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाण्डाै जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

साभार उज्यालो |

 

          March 1, 2021 7:27 pm | रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...