एकैदिन सुनको भाउ ९ सय रुपैयाँले बढ्यो
काठमाण्डाै – सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर हुँदै गएकाले नेपाली बजारमा पनि केही दिन भाउमा उतारचढाव आउने उहाँले बताउनुभयो ।
विश्वमा कोरोनाको जोखिम फेरि बढेकाले लगानी क्षेत्र निश्चित भएको छैन । लगानी सुरक्षित गर्न धेरैले सुनमा लगानी गर्न थालेकाले सुनको माग बढ्दा भाउ बढेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा आज सुनकाे भाउ प्रतिऔंस १७ सय १२ दशमलव ९ डलर रहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो । साभार उज्यालो |
April 1, 2021 12:36 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता