Monday 25th October 2021

दाङ : झन्डै २ लाख नगदसहित जुवाकाे खालबाट पाँच जना पक्राउ

6 months अगाडी

दाङ – दाङमा झन्डै दुई लाख नगदसहित जुवाको खालबाट पाँच जना पक्राउ परेका छन् । दाङकाे घोराही उपमहानपालिका १५ बालमन्दिर टाेलमा रहेकाे झुपल केसीको घरमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा घाेराही उपमहानगरपालिका १५ का खगेन्द्र सापकाेटा, झुपल केसी, वडा नम्बर १४ का बालाराम खड्का, मरिजमान खड्का र चन्द्र बुढा रहेका छन् ।
उनीहरूकाे साथबाट एक लाख ८० हजार रुपैयाँ, विभिन्न रकम उल्लेख भएका विभिन्न बैंकका चेक सात थान र तासकाे तीन बुक बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।   साभार उज्यालो |

          April 20, 2021 12:43 am | फोटो,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...