वडा अध्यक्षद्वारा पत्रकारमाथि हातपात प्रयास, महासङ्घद्वारा निन्दा
रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ का वडाध्यक्ष सुरबहादुर रोकाले समाचार सङ्कलनका लागि गएका जिल्लाका दुई जना पत्रकारमाथि हातपात प्रयास गर्नुभएकाे छ । मङ्गलवार वडाध्यक्ष रोकाले रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकारद्वय जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथि हातपातको प्रयास गर्नुभएकाे हाे ।
घुम्रिगाड खोला लघु जलविद्युत् आयोजनाको रकम भुक्तानीमा देखिएको विवादका बारेमा गाउँपालिकाको कार्यालयमै गएर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि दुई पटक हातपातको प्रयास गरेको पत्रकार बुढाथोकीले बताउनुभयो । विद्युत् आयोजनाको रकम भुक्तानीको क्रममा वडाध्यक्ष र गाउँपालिकाका लेखापालबीचमा भइरहेकाले के भएको हो भनेर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि हातपातको प्रयास गरेको बुढाथोकीले जनाउनुभयो ।
महासङ्घले घटनाको निन्दा गर्याे
नेपाल पत्रकार महासङ्घ रुकुमले यस घटनाको कडा शब्दमा निन्दा गरेको छ । महासङ्घले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव हिरा परियारले कोरोना महामारीका बीचमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूलाई जनप्रतिनिधिबाटै यस्तो व्यवहार गरिनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको बताउनुभएकाे छ ।
त्यसैगरी नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशले पनि पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार बिहान महासचिव खगेन्द्र भट्टराईले एक विज्ञप्ति जारी गर्नु हुँदै पत्रकारद्वय बुढाथोकी र परियारमाथि गरिएको दुर्व्यवहारकाे घोर निन्दा गर्नुभएको छ । विज्ञप्तिमा प्रेस स्वतन्त्रता विरोधी यस घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ | उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)