Monday 13th May 2024

वडा अध्यक्षद्वारा पत्रकारमाथि हातपात प्रयास, महासङ्घद्वारा निन्दा

3 years अगाडी

रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ का वडाध्यक्ष सुरबहादुर रोकाले समाचार सङ्कलनका लागि गएका जिल्लाका दुई जना पत्रकारमाथि हातपात प्रयास गर्नुभएकाे छ । मङ्गलवार वडाध्यक्ष रोकाले रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकारद्वय जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथि हातपातको प्रयास गर्नुभएकाे हाे ।

घुम्रिगाड खोला लघु जलविद्युत् आयोजनाको रकम भुक्तानीमा देखिएको विवादका बारेमा गाउँपालिकाको कार्यालयमै गएर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि दुई पटक हातपातको प्रयास गरेको पत्रकार बुढाथोकीले बताउनुभयो । विद्युत् आयोजनाको रकम भुक्तानीको क्रममा वडाध्यक्ष र गाउँपालिकाका लेखापालबीचमा भइरहेकाले के भएको हो भनेर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि हातपातको प्रयास गरेको बुढाथोकीले जनाउनुभयो ।

महासङ्घले घटनाको निन्दा गर्‍याे

नेपाल पत्रकार महासङ्घ रुकुमले यस घटनाको कडा शब्दमा निन्दा गरेको छ । महासङ्घले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव हिरा परियारले कोरोना महामारीका बीचमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूलाई जनप्रतिनिधिबाटै यस्तो व्यवहार गरिनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको बताउनुभएकाे छ ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशले पनि पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार बिहान महासचिव खगेन्द्र भट्टराईले एक विज्ञप्ति जारी गर्नु हुँदै पत्रकारद्वय बुढाथोकी र परियारमाथि गरिएको दुर्व्यवहारकाे घोर निन्दा गर्नुभएको छ । विज्ञप्तिमा प्रेस स्वतन्त्रता विरोधी यस घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ  | उज्यालो

          May 5, 2021 11:02 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...