Saturday 20th April 2024

भारतमा कोरोनाका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गयो

3 years अगाडी

काठमाण्डाै – भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो । यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई  लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।उज्यलो

          May 8, 2021 12:11 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...