नेपाली काङ्ग्रेसको १४ औँ माहाधिबेशनमा बाल कृष्ण खाण र गगन थापा

अहिले नेपाली काङ्ग्रेसको १४ औं माहाधिबेशन नजिकिदै गर्दा, कार्यकर्ताहरुमा यसको सर्गर्मि बढ्नु स्वाभाविकनै हुन्छ। ब्यक्तिवाद भन्दा पनि विचारलाइ प्रमुख महत्व दिएर नेपाली काङ्ग्रेसमा आस्था राख्ने हामी जस्ता इमान्दार कार्यकर्ताहरुले बिपि जस्तै विचार राख्न सक्ने कुशल सङगठकको खोजीमा छौँ।
अबको यो महाधिबेशनले नेपाली काङ्ग्रेसको खस्किन लागेको साख र गरिमालाइ जोगाउनको लागि पनि मेरो र तेरो मान्छे भन्दा पनि, नेपाली काङ्ग्रेसको इतिहासलाइ न्याय गर्न सक्ने, सो- बिबेक प्रयोग गर्न सक्ने, बाहिरी शक्तिलाइ ब्यबस्थान गर्न सक्ने, स्पष्ट निति तथा कार्यक्रम सहित, रास्टको स्वाभिमानलाइ उच्च महत्व दिने र नेपाली काङ्ग्रेस र नेपाली जनताको उज्वल भविष्य निर्माण गर्न सक्ने कार्य समिति दिन सकोस। यस पटक हामीले गुमाइसकेको म भित्रको राष्ट भावलाइ जगाउन सकौँ। आफ्नो शही अडानमा कायम रहन सक्ने, मर्यादित र इमान्दार नेत्रित्वको खोजी गरौं। म भित्रको हामीलाइ जगाऔँ नेपाली काङ्रेसलाइ वैशाखी बिनानै हिँड्न सक्ने आत्म निर्भर पार्टी बनाऔँ। हामी यस्तो पार्टीको परिकल्पना गरौँ जुन सवैको आकर्शण, एक मात्र जनताको साझा, आदर्शबादी पार्टी जस्को उदेश्य केवल राष्ट निर्माण र जनताको हितमा निहित रहोस।
यसलाइ अव राष्टकै अब्बल पार्टी बनाउने जिम्मा तपाइ हाम्रो काँधमा आएको छ। आँखा खोलौँ, क्षेणिक स्वार्थमा चुर्लुम्ब नडुबौं। स्मरण गरौं हाम्रो गरिमामय इतिहास अनि हाम्रा अग्रजहरुलाइ, हाम्रो सङठन नदि जस्तै पबित्र र अटल थियो, आज आयर ढुङा, मुडा, हिलो र फोहोर बगाउंदै गरेको खहरे खोला बनाइएको छ। आखिर पानि मिस्सिने त समुन्द्रमै हो, तर निर्धक्कका साथ सधाबाहार समुन्द्र पुग्ने सामर्थ्य नदी सङ्गनै हुन्छ। म सङ्ग यो भन्दा पहिले भएका माहाधिबेशनहरु नजिकबाट हेरेको अनुभवले पनि होला, अब आम कार्यकर्ताले पनि कसैले के भन्ला भनि आफ्नो सोँच् र विचारलाइ खुम्चिएको दाएरा राख्ने हो भने नेपाली काङ्ग्रेसले ठुलो घाटा ब्यहोर्न पर्ने हुन्छ। त्यसैले आम कार्यकर्ताले स्पष्ट धारणा राँखौ र कसलाइ अगाडी बढाउंदा पार्टी वलियो होला छल फल चलाउँ, आवाज उठाउँ केही आवश्यक निर्णय गरौँ। विचारकै आधारमा महाधिबेशन प्रतिनिधि र महा समिति सदस्य छानौ त्यही आधारमा नया नेत्रित्व पनि। हामी कुनै पनि गुटलाइ चुनाबको समिकरणको रूपमा मात्र प्रयोग गरौँ, एसलाइ कदापि सँस्थागत गुटको उपनामले दर्ज नगरौँ। निर्वाचन हार्नेले जित्नेलाइ सम्मान गरौँ, जित्नेले पनि उचित राय सल्लाहलाइ मनन गर्दै विचारको आधारमा छलफल चलाइ निर्णय गर्ने पद्धतीको विकाश गरौँ।
मेरो ब्यक्तिगत विचार र केही आम कार्यकर्ताहरुको मनो भावना अनुसार, उहाँहरुमा भएका अनुभव र क्षमताको आधारमा, अहिलेको माहाधिबेशनमा पदाधिकारीको रूपमा छुटाउँदा नेपाली काङ्ग्रेसलाइ ठुलो क्षेती हुने, माथि उल्लेख गरिएको गुण भएका ब्यक्तिहरु नेपाली काङ्ग्रेसका प्रमुख सचेतक, नेबिसंघ र तरुणदलका पूर्व सभापति आदरणिय नेता द्वोय बाल क्रिश्ण खाँण र नेबिसंघका पूर्व महामन्त्रि एवँ नेपाली काङ्रेसका केन्द्रिय सदस्य गगन थापा हुन।
लेखक पूर्व महामन्त्री नेपाली जनसंपर्क समिती क्यानडा
June 28, 2021 10:48 am | टप,प्रवास,राजनीति,विचार/ब्लग,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)