Friday 29th March 2024

लुम्बिनीमा बङ्गलादेशले बाैद्ध विहार बनाउने, ३ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता पत्रमा हस्ताक्षर

2 years अगाडी

काठमाण्डाै – बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बाैद्ध विहार बनाउने भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयाबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बौद्ध विहार बनाउन लागेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीको पश्चिम क्षेत्रमा रहेको प्लट नम्बर डब्लुसीमा ८० वर्गमिटर क्षेत्रफलमा विहार बनाउने गरी बङ्गलादेशले सम्झौता गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बङ्गलादेशले बौद्ध विहार बनाएपछि लुम्बिनीमा प्रतिनिधिमूलक विहार निर्माण गर्ने देशको संख्या १८ पुग्नेछ ।  साभार उज्यालो

          October 9, 2021 9:22 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...