साफ च्याम्पियनशिप : माल्दिभ्सले श्रीलङ्कालाई हरायाे, नेपाल र भारत खेल्दै
काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा माल्दिभ्सले श्रीलङ्कालाई हराएकाे छ । आज आइतवार माल्दिभ्सकाे मालेमा रहेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा माल्दिभ्सले श्रीलङ्कालाई एक–शून्य गाेल अन्तरले हराएकाे हाे ।
खेलकाे छैटाैँ मिनेटमा माल्दिभ्सका अलि अश्फाकले गरेकाे गाेल नै निर्णायक बन्न पुग्याे । याे जितसँगै माल्दिभ्स अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिँदै फाइनल पुग्ने सम्भावना बलियाे बनाएकाे छ । उसकाे तीन खेलमा ६ अङ्क छ । याे हारसँगै श्रीलङ्का प्रतियाेगिताबाट बाहिरिएकाे छ । श्रीलङ्का एक अङ्क जाेड्दै बाहिरिएकाे हाे ।
माल्दिभ्स दाेस्राे स्थानमा उक्लिएसँगै भारतसँगै नेपाललाई पनि केही कठिन हुने भएकाे छ । नेपाल अहिले दुई खेलमा छ अङ्कसहित शीर्ष स्थानमा छ । भारत भने दुई खेलमा दुई अङ्क जोड्दै चौथो स्थानमा छ ।
प्रतियाेगितामा आज राति पाैने १० बजे नेपाल र भारत खेल्दैछन् ।साभार उज्यालो
October 11, 2021 2:30 am | खेलकुद,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।