साफ च्याम्पियनशिप : माल्दिभ्सले श्रीलङ्कालाई हरायाे, नेपाल र भारत खेल्दै
काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा माल्दिभ्सले श्रीलङ्कालाई हराएकाे छ । आज आइतवार माल्दिभ्सकाे मालेमा रहेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा माल्दिभ्सले श्रीलङ्कालाई एक–शून्य गाेल अन्तरले हराएकाे हाे ।
खेलकाे छैटाैँ मिनेटमा माल्दिभ्सका अलि अश्फाकले गरेकाे गाेल नै निर्णायक बन्न पुग्याे । याे जितसँगै माल्दिभ्स अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिँदै फाइनल पुग्ने सम्भावना बलियाे बनाएकाे छ । उसकाे तीन खेलमा ६ अङ्क छ । याे हारसँगै श्रीलङ्का प्रतियाेगिताबाट बाहिरिएकाे छ । श्रीलङ्का एक अङ्क जाेड्दै बाहिरिएकाे हाे ।
माल्दिभ्स दाेस्राे स्थानमा उक्लिएसँगै भारतसँगै नेपाललाई पनि केही कठिन हुने भएकाे छ । नेपाल अहिले दुई खेलमा छ अङ्कसहित शीर्ष स्थानमा छ । भारत भने दुई खेलमा दुई अङ्क जोड्दै चौथो स्थानमा छ ।
प्रतियाेगितामा आज राति पाैने १० बजे नेपाल र भारत खेल्दैछन् ।साभार उज्यालो
October 11, 2021 2:30 am | खेलकुद,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)