यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ
काठमाण्डाै – दशैँमा घर जान लागेका यात्रुसँग बढी भाडा लिने सात जना काठमाण्डौको विभिन्न काउन्टरबाट पक्राउ परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने सात जनालाई आज बिहान काठमाण्डौको विभिन्न काउन्टरहरुबाट पक्राउ गरेको हो ।
सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐँसेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुमा रहेको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।
प्रहरीले कसैले ठगी गरे पैसा नलाग्ने प्रहरीको १०० नम्बर र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गरेर गुनासो टिपाउन आग्रह गरेको छ । यस्तै, काउण्टरको आसपासका रहेका यात्रु सहायता कक्षमा पनि गुनासो टिपाउन सकिने प्रहरीले जनाएको छ ।साभार उज्यालो
October 11, 2021 4:03 pm | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने