यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ
काठमाण्डाै – दशैँमा घर जान लागेका यात्रुसँग बढी भाडा लिने सात जना काठमाण्डौको विभिन्न काउन्टरबाट पक्राउ परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने सात जनालाई आज बिहान काठमाण्डौको विभिन्न काउन्टरहरुबाट पक्राउ गरेको हो ।
सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐँसेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुमा रहेको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।
प्रहरीले कसैले ठगी गरे पैसा नलाग्ने प्रहरीको १०० नम्बर र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गरेर गुनासो टिपाउन आग्रह गरेको छ । यस्तै, काउण्टरको आसपासका रहेका यात्रु सहायता कक्षमा पनि गुनासो टिपाउन सकिने प्रहरीले जनाएको छ ।साभार उज्यालो
October 11, 2021 4:03 pm | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता