म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको कार्यसमिति हेरफेर
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ । मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्तास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो ।
मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल , वरिष्ठ उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष नन्द बहादुर बरुवाल (मोहन), उपाध्यक्ष पदमा निवर्तमान महासचिव चन्द्र गोतामे, महासचिव पदमा निवर्तमान सचिव तेजिन श्रेष्ठ र सचिव पदमा कार्यसमिति सदस्य अर्जुन चोखाललाई सर्वसम्मत चयन गरिएको अध्यक्ष मान बहादुर फगामीले बताउनु भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको मध्यपूर्व उपसंयोजक पदका लागि मोना कुवेतको वरिष्ठ उपाध्यक्ष पदबाट दिपक छन्त्यालले राजीनामा दिए पछि वरिष्ठ उपाध्यक्ष पद रिक्त रहेको थियो । सदरमुकाम बेनीमा सम्पन्न भएको मोना आईसीको चौथो अधिवेशनबाट मध्यपूर्व उपसंयोजकमा दिपक छन्त्याल निर्विरोध निर्वाचित भएका हुन ।
कुवेतको नेपाली समाजमा सन् २०१८ मा ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । कुवेतमा कार्यरत रही अलपत्र परेका म्याग्देली तथा गैर म्याग्देलीलाई उद्दार कार्यमा सहयोग गर्नुको साथै मोना आईसीको समन्वयमा जिल्लामा बाढीपीडितलाई पुनर्वास निर्माण, कोरोना सङ्क्रमण फैलिरहेको समयमा सङ्क्रमितका लागि उपचारमा सहज होस भन्ने हेतुले अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य स्वास्थ्य सामग्री खरिद गर्नका लागि र जिल्लामा केही भौतिक पूर्वाधार निर्माण गर्नमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।
त्यसैगरी विभिन्न रोगबाट ग्रसित भई उपचारमा चरम आर्थिक अभाव भएका पीडितलाई समेत आर्थिक सहयोग गर्दै आएको छ ।
November 14, 2021 3:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता