

नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ। पहिलो खेल दिउँसो पौने पौने चार बजे दोहाको वेष्ट इन्ड पार्क रङ्गशालामा सुरु हुनेछ । कोरोना महामारीका कारण प्रतियोगिताबाट वञ्चित भएको नेपाली महिला टोलीले २३ महिनापछि आज क्रिकेट श्रृङ्खला खेल्दैछ ।
आईसीसी वुमन्स टी–२० विश्व कप अन्तर्गत एसिया छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टोलीले कतारसँग ३ वटा टी–२० खेलको श्रृङ्खला खेल्न लागेको हो । कतारसँग भोलि दोस्रो र पर्सि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ।
छनोटको पहिलो खेलमा नेपालले मंसिर ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्।
समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ साभार उज्यालो
November 16, 2021 2:37 pm | खेलकुद,समाचार

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

