बाघकाे छालासहित दाङबाट दुई जना पक्राउ
5 years अगाडी
manoj Thapa
दाङ – दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका ५ रानिजरुवाका ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँच गर्दा झाेलाभित्र लुकाएको अवस्थामा बाघको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरूकाे साथबाट आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको बाघको छाला एक थान, सिल्भर रङको रेड्मी नोट, सादा मोबाइल एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । साभार उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...