Tuesday 25th January 2022

सेती नदीमा एक महिला बेपत्ता

2 months अगाडी

डोटी – डोटीको दिपायलमा सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । आज शुक्रवार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा सात जना प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटिएको छ, अझै उनलाई भेटाउन सकिएको छैन ।’

ती महिलाले दिपायलको सेती नदीकाे पक्की पुलबाट हाम फालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशव खड्काले देख्नुभएकाे थियाे । त्यसपछि उहाँले इलाका प्रहरी कार्यालयमा खबर गरेको र हाम फाल्ने महिलाको नाम र ठेगाना नखुलेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिनुभयो । साभार उज्यालो

          November 26, 2021 9:57 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...