फ्रान्समा नयाँ वर्षकाे अवसरमा ८ सय ७२ वटा कार जलाइयाे
काठमाण्डाै – फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा आयाेजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएकाे घटना सार्वजनिक भएकाे छ ।
यस वर्ष ८ सय ७४ वटा कार जलाइएकाे प्रहरी विभागले जानकारी दिएकाे छ । फ्रान्सकाे गृह मन्त्रालयले याे सङ्ख्या सन् २०१९ काे तुलनामा निकै कम रहेकाे बताएकाे छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएकाे थियाे । सङ्ख्या घट्नुमा प्रहरीकाे बाक्लाे उपस्थितिलाई कारण मानिएकाे छ । सन् २०२० मा देशव्यापी लकडाउनका कारण कतै कार जलाइएकाे खबर सार्वजनिक भएकाे थिएन ।
यस पटक नयाँ वर्षकाे अवसरमा ९५ हजार सङ्ख्यामा प्रहरी तैनाथ गरिएकाे थियाे । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३२ हजार दमकलका चालक र सुरक्षाकर्मी पनि तैनाथ गरिएकाे थियाे ।
कार जलाउनु एक सामान्य घटना
कैयाैँ देशमा जस्तै फ्रान्समा विभिन्न कारणबाट बर्सेनि कारमा आगाे लगाइन्छ, यस्ताे गर्नेमा अपराध गर्ने र झुटाे बीमा दाबी गर्नेहरू हुन्छन् ।
तर फ्रान्समा नयाँ वर्षकाे आगमनलाई चिनाउन कारमा आगाे लगाउने नयाँ तरिका बनेकाे छ । याे प्रथा सन् १९९० काे दशकमा पूर्वी फ्रान्सकाे स्ट्रासबर्ग नजिककाे क्षेत्रमा युवाहरू (विशेषगरी न्यून आय भएका) बीच सुरु भएकाे थियाे ।
सन् २००५ मा फ्रान्समा आवास परियाेजनाबाट निराश युवाहरूले यसलाई विराेधकाे आवाज पनि बनाएका थिए । त्यस बेला प्रहरीले तीन हप्ताभन्दा कम अवधिमा आठ हजार आठ सय १० वटा गाडी जलाएको गणना गरेको थियो । उज्यालो
January 2, 2022 11:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता