Friday 29th March 2024

सीमा विवादबारेको धारणा नेपाल सरकारलाई जानकारी गराइसकिएको छ : भारतीय दूतावास

2 years अगाडी

काठमाण्डाै – नेपालसँगको सीमा विवादबारे भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

काठमाण्डौमा रहेको भारतीय दूतावासले आज प्रेस नोटमार्फत नेपाली भूमि लिपुलेकमा भइरहेको संरचना निर्माणबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ ।

यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भइरहेको बताउँदै भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ ।

गएको डिसेम्बर ३० मा हल्द्वानीमा भएको कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्न सहज बनाउन पहल गरिरहेको र सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो ।

साथै सन् २०२२ को अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भइरहेको अभिव्यक्ति दिनुभएको थियो । मोदीको यो अभिव्यक्तिलाई लिएर सत्तारुढ दल कांग्रेस, मुख्य प्रतिपक्ष दल नेकपा एमालेसहितका विभिन्न दलले आपत्ति जनाएका छन् । उज्यालो

          January 15, 2022 11:52 pm | राजनीति,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...