सीमा विवादबारेको धारणा नेपाल सरकारलाई जानकारी गराइसकिएको छ : भारतीय दूतावास
काठमाण्डाै – नेपालसँगको सीमा विवादबारे भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
काठमाण्डौमा रहेको भारतीय दूतावासले आज प्रेस नोटमार्फत नेपाली भूमि लिपुलेकमा भइरहेको संरचना निर्माणबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।
नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ ।
यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भइरहेको बताउँदै भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ ।
गएको डिसेम्बर ३० मा हल्द्वानीमा भएको कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्न सहज बनाउन पहल गरिरहेको र सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो ।
साथै सन् २०२२ को अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भइरहेको अभिव्यक्ति दिनुभएको थियो । मोदीको यो अभिव्यक्तिलाई लिएर सत्तारुढ दल कांग्रेस, मुख्य प्रतिपक्ष दल नेकपा एमालेसहितका विभिन्न दलले आपत्ति जनाएका छन् । उज्यालो
January 15, 2022 11:52 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता