Wednesday 24th April 2024

विश्वलाई दुई भागमा विभाजन गर्न जोगाउन चीन र अमेरिकालाई वार्ता गर्न राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान

2 years अगाडी

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चीन र अमेरिकालाई वार्ता गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गर्नुभएको हो ।

चीनसँग वासिङ्टनको वर्षौँ पुरानो प्रविधि विवादका विषयमा गुटेर्रेसले आफू सधैँ एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको पक्षमा रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

विश्वलाई दुई भागमा विभाजन गर्नबाट जोगिनुपर्नेमा उहाँको जोड छ । हरेक राष्ट्रको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट, आफ्नै प्रभावशाली मुद्रा, आफ्नै इन्टरनेटको साथ र आफ्नै प्राविधिक रणनीति रहेको भन्दै महासचिव गुटेर्रेसले विश्वका दुई ठूला अर्थतन्त्रलाई वार्ताको माध्यमबाट व्यापार र प्रविधिमा साझा आधार खोज्न आह्वान गर्नुभएको छ ।
आफूले अमेरिका र चीन दुवैसँग गम्भीर संवाद र वार्ताको महत्त्वमा वकालत गरिरहेको उहाँको भनाइ छ । उज्यालो

          January 22, 2022 12:47 pm | राजनीति,रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...