‘गाडीमा तेल हाल्न’ हतियारसहित बर्दियाकाे गुलरिया आए भारतीय प्रहरी
बर्दिया – गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरियामा हतियारसहित भारतीय प्रहरी प्रवेश गरेका छन् । नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेश बहराइच मुर्तिहा नाकाबाट भारतीय कोतवाली प्रहरीसहितको टोली गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका हुन् ।
भारतीय प्रहरीका दरोगा (उपरीक्षक) भारतीय प्रहरी पोसाकमा पेस्ताेलसहित अनधिकृत रूपमा आज बिहीवार बेलुकी ६ बजेतिर सदरमुकाम गुलरिया प्रवेश गरेका जनाइएको छ । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका टाेलीले बर्दिया गुलरियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयवासीले बताएका छन् ।
भारतीय प्रहरी पोसाकमा ज्याकेट लगाएर उनीहरू गुलरिया नजिक मुर्तिहा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ड्युटीमा रहेका भारतीय प्रहरी गाडीमा तेल हाल्ने प्रयोजनका लागि गुलरिया आएको भन्ने खुलेको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताउनुभयाे ।
सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाका अनुसार सीमामा बसेका सुरक्षाकर्मीहरूसँग उनीहरूले ड्युटीमा रहेका बेला गाडीमा तेल सकिएपछि तेल हाल्न बर्दियाको सदरमुकाम गुलरिया जान लागेको बताएका थिए ।
सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनीहरूलाई जाँच नगरि प्रवेश गर्न दिएकोमा स्थानीयवासी आक्रोशित भएका छन् ।
सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको प्रहरीले जनाएकाे छ । बेला–बेला भारतीय प्रहरी हतियारसहित बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गर्ने गरेका घटना बाहिरिएका छन् । उज्यालो
February 4, 2022 2:15 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता