

हिमपातले अवरुद्ध भएकाे राजमार्ग दुई दिनपछि सञ्चालनमा

डोटी – बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएकाे भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालनमा आएकाे छ ।
बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएकाे थियाे ।
अहिले हिउँ पन्छाएपछि बन्द भएका राजमार्गहरु सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका सह–सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।
डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाए पछि राजमार्ग सञ्चालनमा आएकाे छ। राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र गाडी आ–आफ्नो गन्तव्यतर्फ लागेका ट्राफिक प्रहरी पोस्ट बुडरले जनाएको छ ।
भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायतका ठाउँमा बाक्लो हिमपात भएको थियो । उज्यालो
February 5, 2022 10:15 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गयो

प्रवासी नेपाली मञ्च कुवेतकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार थापा

निहारिका राजपुतद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास, प्रहरीले जाेगाएर अस्पताल पुर्यायाे

फाेहरकाे गाडी राेक्नु भनेकाे एम्बुलेन्स राेक्नु जस्तै हाे : मेयर साह

कुवेतमा इ – पास्पोटको लागि के-के प्रक्रिया र कागजात चाहिन्छ?

धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत टेलिमेडिसेन सेवा सुरु

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

