गठबन्धनकाे बैठक निष्कर्षविहीन, भाेलि बिहान फेरि बस्ने
काठमाण्डाै – सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।
गठबन्धनका शीर्ष नेताहरूकाे अर्काे बैठक भाेलि शुक्रवार बिहाना ९ बजेका लागि बाेलाइएकाे माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएकाे छ ।
आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियाे । अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पास गर्न समय दिएकाले प्रधानमन्त्री देउवा तत्कालै संसदमा पेस गर्ने पक्षमा हुनुहुन्छ । तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् । उज्यालो
February 17, 2022 8:09 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता