Saturday 20th April 2024

गएकाे साेमवार नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु राख्ने एक जना पक्राउ

2 years अगाडी

काठमाण्डाै – गएको सोमवार काठमाण्डौको नयाँ बानेश्वरमा प्रेसर कुकरभित्र शङ्कास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।
सडकको बीचमा कुकर बम राखेर नागरिक त्रसित पार्ने काभ्रेको भुम्लु गाउँपालिका २ का सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी चावहिलको पशुपति बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीका इकाइ कमिटी अध्यक्ष पनि भएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका महतकाे साथबाट बम राख्न प्रयोग भएका विभिन्न साधन र बम राख्दाको बखत लगाएका कपडा, मोटरसाइकल, हेल्मेट लगायतका वस्तु पनि बरामद भएको प्रहरीले जनाएको छ । उज्यालो

          March 2, 2022 2:42 pm | अपराध,रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...