‘पालिका र बस्ती, सशस्त्रको गस्ती’
डोटी – डोटीका ग्रामीण भेगमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । डोटीको दिपायलमा तैनाथ रहेको सशस्त्र प्रहरी बलको ३६ नम्बर गण हेड क्वाटरले प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा २१ सदस्यीय टोली परिचालन गरिएको हो ।
‘पालिका र वस्ती, सशस्त्रको गस्ती’ नारा सहित दिपायलबाट गस्ती टोली परिचालन गरिएको गणले जनाएको छ । ग्रामीण क्षेत्रका जनतालाई सुरक्षाको प्रत्याभूति दिन र आगामी स्थानीय निर्वाचनको तयारीलाई लक्षित गरेर टोली परिचालन गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गण दिपायलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर विष्टले जानकारी दिनुभयो ।
गस्ती परिचालनपछि ग्रामीण क्षेत्रका जनतामा सुरक्षाको अनुभूति हुनुका साथै टोलीले त्यहाँको भौगोलिक अवस्थाका बारेमा पनि जानकारी पाउने उहाँले बताउनुभयो । जिल्लाका सबै क्षेत्रमा नियमित गस्ती परिचालन गरिने प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । उज्यालो
March 2, 2022 5:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता