Friday 19th April 2024

एमाले र राप्रपा नेपालबीच पालिका चुनावमा तालमेल गर्ने सहमति, ५ बुँदामा हस्ताक्षर

2 years अगाडी

काठमाण्डाै – नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ ।

त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका प्रवक्ता सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमतिअनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ । उज्यालो

          April 13, 2022 3:30 pm | राजनीति,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...