Saturday 20th April 2024

पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

2 years अगाडी

काठमाण्डाै – पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

भारतको मधुवनी जयनगरमा बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी न्यूनीकरणलगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । उज्यालो

          April 20, 2022 2:05 pm | राजनीति,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...