आयोगले सोध्यो प्रचण्ड र आरजू राणालाई २४ घण्टे स्पष्टीकरण
काठमाण्डाै – निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजू राणालाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस (बीपी)ले मतदातालाई धम्क्याएको भन्दै प्रचण्डविरुद्ध हिजो उजुरी दिएको हो ।
आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा गएको २३ गते चितवनमा भएको सभामा आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनामा जान्छ भन्नुको मनसाय के हो ? यो अभिव्यक्ति प्रचलित निर्वाचन कानून विपरीत छ, छैन ? पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ ।
त्यस्तै निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवालाई पनि स्पष्टीकरण सोधेको छ । नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा भएको कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले गएको २२ गते हरिशप्रसाद अवस्थी र हिजो नेपाली कांग्रेस (बीपी) ले दिएको उजुरीका आधारमा राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । कैलालीमा भएको सभामा राणाले मतदातालाई आर्थिक प्रलोभन र गठबन्धनका उम्मेदवारलाई जिताए ५/६ जनालाई मलेसियाकाे लागि निःशुल्क भिसा टिकट उपलब्ध गराईदिने भनेकोबारे आयोगले स्पष्टीकरण सोधेको हो । उज्यालो
May 11, 2022 2:02 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने