Friday 26th April 2024

नेपालमा ४० प्रतिशत उद्याेगले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्छन्

2 years अगाडी

काठमाण्डाै – नेपालमा उद्योगको सङ्ख्या ६० हजार एक सय ८५ वटा पुगेको छ । औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरूमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणले चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरूमा चार लाख ९१ हजार दुई सय २७ जना मानिसले रोजगारी पाएको देखाएको छ । तथ्याङ्क विभागले आज शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गरेको हो ।

विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरूमध्ये ३९ दशमलव ९ प्रतिशत उद्योग प्रतिष्ठानहरूले मात्रै पूर्ण क्षमतामा उत्पादन गरेकाे देखाएको छ । १८ दशमलव ७ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको ७५ दशमलव ९९ प्रतिशत, २९ दशमलव १ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको ५० दशमलव ७४ प्रतिशत, १० दशमलव ३ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको २५ दशमलव ४९ प्रतिशत र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशतभन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले बताउनुभयो ।

उहाँले साना उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूमा १० जनाभन्दा कम व्यक्तिहरू संलग्न भएकामध्ये झन्डै ३४ प्रतिशतले मात्र ऋण लिएको पाइएको बताउनुभयो । सर्वेक्षणअनुसार ठूला औद्योगिक प्रतिष्ठानहरू २३ प्रतिशतले बढेको देखाएको छ ।

विभागले २०७६ फागुनमा तथ्याङ्क सङ्कलन सुरु गरेको थियो । तर बीचमा कोभिड–१९ महामारीका कारण तथ्याङ्क सङ्कलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्याङ्क सार्वजनिक गरिएको जनाएको
छ । उज्यालो

          July 9, 2022 4:27 am | अर्थ,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...