Friday 26th April 2024

NRNA र MedX Medical Care को सहकार्यमा निशुल्क स्वास्थ्य शिविर 5 अगस्टमा

2 years अगाडी

दिलकुमार पाख्रीन/ ३१ जुलाइ, कुवेत। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र MedX Medical Care को सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आगामी ५ अगस्तका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले मेडेक्स मेडिकल केयर संग सहकार्य गर्दै कुवेतभित्र कार्यरत नेपालिहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविरको लागि मेडेक्स संग अनुरोध गरेको र मेडेक्स मेडिकल केयरले उक्त अनुरोधलाइ स्वीकार्दै मेडिकलको समय अनुकुल यहि आगामी ५ तारिक शुक्रबारका दिन बिहान १० बजे देखि सम्पुर्ण नेपालीहरु सहभागी हुन मिल्ने गरि स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन।

NRNA ले गत जनवरिमा पनि सोही हस्पिटलसंग निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ। उक्त सम्पन्न शिविरमा वैधानिक र अवैधानिक दुवै हैसियतमा कुवेतमा बसोबास गर्दै श्रम गरिरहेका झन्डै ६ सय नेपालिहरुले निशुल्क स्वास्थ्य लाभ लिएका थिए।

यसपटक पनि NRNA कुवेतले मेडेक्स संगको सहकार्यमा धेरै भन्दा धेरै नेपालिहरुले स्वास्थ्य चेक जाँच गरि मौकाको फाइदा उठाउन सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ अनुरोध गरेको छ। पछिल्लो समयमा कुवेतमा नेपाली कामदारहरुको मृत्युदरलाइ ध्यानमा राख्दै समय समयमा हामिले आफ्नो स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने सन्देश छोड्ने उदेश्यले पुन निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको NRNA का प्रवक्ता केशर घलानले बताएका छन।

यसपटकको निशुल्क स्वास्थ्य शिविर र न्यून तलवमा काम गर्ने नेपालीहरुको सुविधाका लागि अत्यन्तै न्यून दरमा पनि चेकजाँच गराउन सकिने गरि दुई ओटा फरक फरक प्याकेज निर्माण गरिएको छ।

निशुल्क रुपमा Total cholesterol, Blood pressure, Blood augar test, SPO2 (अक्सिजनको मात्र) र GP Doctor consultation गराउन सकिनेछ। यसपटकको स्वास्थ्य शिविरमा पनि पहिले जस्तै लिगल इल्लिगल सबैले स्वास्थ्य लाभ लिन सक्नेछन तर इल्लिगल कामदारहतुले पासपोर्ट कपि अथवा म्याद सकिएकै भए पनि सिभिल आइडिको कपि वा त्यसको फोटो भने रेकर्डको लागि उपलब्ध गराउनु पर्ने छ।

यी बाहेक स्वैच्छिक रुपमा कसैले यदि गराउन चाहेको खन्डमा CBC, COMPLETE URIN ANALYSIS, FASTING BLOOD SUGAR, TOTAL CHOLOSTEROL, ALT-SGPT (किड्नी र लिभर सम्बन्धी), CREATININE, URIC ACID, THS (थाइरोइड), ECG, X-RAY र GP DOCTOR CONSULTATION गरि जम्मा १५ केडिको प्याकेज रहेको छ। साथै चेकजाँच गर्दा कुनै औषधि खरिद गर्नुपरेमा मेडेक्स फार्मेसिले ५% छुटको व्यवस्था समेत गराएको छ।

यश पटकको स्वास्थ्य शिविरमा सहभागी हुनेहरुले मेडेक्स मेडिकलबाट प्रीभिलेज कार्ड समेत प्राप्त गर्नेछन जसले भविस्यमा स्वास्थ्य चेकजाँच तथा उपचारमा २०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ। थप जानकारिका लागि NRNA महासचिव दिल कुमार पाख्रीनलाइ 97557313 मा र अध्यक्ष रणध्वोज लामालाइ 67726405 मा सिधा वा whatsapp सम्पर्क गर्न सकिनेछ।

लोकेशन: ब्लक-८ स्ट्रीट-१०९ अलि अल्घानिम रोड फाहाहिल
समय: ठिक बिहान १० बजेदेखि
मिति: ५ अगस्ट, २०२२ शुक्रबार

          July 31, 2022 10:05 pm | समाचार,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...