चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने
चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ। चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका ६ ठाउँमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट रिसाएकाे चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यास गरिरहेको छ । पछिल्लो समय एक सयभन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् । योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाज विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् ।
केही विमानले चीन र ताइवानबीचको सीमा रेखाजस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन् ।
चीनले ताइवानलाई विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने कुराको विरोध गरिरहेको छ तर सभामुख पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ ।
यसैबीच संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानलगायत धेरै देशले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । उनीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धतासमेत दोहोर्याएका छन् । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता