Tuesday 23rd April 2024

केन्यासँग नेपाल पराजित, २० ओभरमा ९४ रनमात्रै बनाउन सक्याे

2 years अगाडी

काठमाण्डाै – केन्यासँगकाे चाैथाै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात रनले पराजित भएकाे छ । केन्याले दिएकाे एक सय दुई रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्याे ।

नेपालका लागि राेहित पाैडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।

यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

केन्याकाे याे जितसँगै पाँच खेलकाे शृङ्खलामा दुई–दुईकाे बराबरी भएकाे छ । अब पाँचाैँ तथा निर्णायक खेल भाेलि मङ्गलवार हुनेछ । उज्यालो

          August 29, 2022 9:54 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...